अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन एक्काइस किलो सुन बरामद

काठमाडौँ, १४ मंसिर । विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् । काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

उनले भने–‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लानुभएको छ । यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिए पनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए ।

५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारहरूलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । धेरै यात्रुले अरूको सुन बोकेर आउँदा रहेछन् त्यो नल्याउनुस् भनेका छौँ प्रमुख भन्सार प्रशासक भट्टराई भन्छन् सुनको तार काटेर गोलो बनाएर काँचो सुन ल्याउन पाइदैन् । विमानस्थल भन्सार कार्यालयले नेपाली स्वरूपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board