एमालेमा सबै केन्द्रीय सदस्य निर्विरोध गराउने प्रयास

चितवन, १३ मंसिर, । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझैसम्म मतदान हुन सकेको छैन ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् भने ६ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुँदा ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । नेताहरुका अनुसार पदाधिकारीमा सहमतिको सम्भावना छैन ।

केन्द्रीय सदस्यमा पनि केपी शर्मा ओलीले प्रस्ताव गरेभन्दा थप उम्मेदवारी गरेको छ । तर थुप्रै क्लस्टरमा निर्विरोध भएको छ भने बाँकीमा पनि निर्विरोध गर्ने प्रयास भइरहेको नेताहरु बताउँछन् । सहमतिको प्रयास चलिरहेकै कारण केन्द्रीय निर्वाचन आयोगले अझैसम्म उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरेको छ ।

उम्मेदवारहरुको सूची प्रकाशित भएपछि विद्युतीय भोटिङ मेसिनमा नाम इन्ट्री गर्न केही घण्टा समय लाग्छ । त्यसपछि बल्ल मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति