‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटी बराबरीमा

काठमाण्डौ, १३ मंसिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमवारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टीम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए तापनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै ब्रिगेड ब्वाइजको दुई खेलमा चार अङ्क भएको छ भने एनआरटीले खाता खोलेको छ । ब्रिगेडले पहिलो खेलमा एपीएफलाई हराएको थियो भने एनआरटी मच्छिन्द्रसँग पराजित भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board