कांग्रेसमा ५२ जिल्लाको सभापति निर्वाचित (कुन जिल्लाका कुन पक्षले जित्यो सूचिसहित)


नेपाली कांग्रेसले ५२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ ।दसैंअगाडि हिमाली जिल्लामा, मंसिर ६ गते एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा र मंसिर १० मा एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन भएको थियो।प्रदेश नम्बर २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत अब २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी नै छ।

मोरङमा भने दोस्रोपटक मतदान भएको छ। कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ।

सर्वसम्मत नभएका जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच कडा प्रतिस्पर्धा भएको छ।

काठमाडौंमा नेता प्रकाशमान सिंह-गगन थापानिकटले चुनाव जितेका छन्। यहाँ सभापति देउवा र पूर्वमहामन्त्री सिटौला पक्ष मिलेर चुनाव लडेका थिए। काभ्रेमा पनि देउवा-सिटौला पक्ष मिलेको थियो।

तर झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेताले सभापति जितेका थिए।

देउवा र पौडेल पक्षले २५/२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन्। सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ-आफ्ना पक्षधरले जितेको दाबीसमेत गर्ने गरेका छन्।

हेर्नुस् कुन जिल्लामा कुन पक्षले जिते जिल्ला सभापति

देउवा पक्षले जितेका जिल्ला र सभापति

लमजुङ, सभापति टकराज गुरूङ

सल्यान, सभापति केशवबहादुर विष्ट

डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही

डडेल्धुरा, सभापति भीमबहादुर साउद

म्याग्दी, सभापति खमबहादुर गर्बुजा

ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ

मुगु, सभापति ऐनबहादुर शाही

पाँचथर, सभापति रूपनारायण जवेगु

मनाङ, सभापति शंकर गुरूङ देउवा

हुम्ला, सभापति मोहनविक्रम सिंह

बझाङ, सभापति खड्क बोहरा

रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ

जुम्ला, सभापति कर्णबहादुर शाही

डोटी, सभापति नरेन्द्रबहादुर सिंह

रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली

ओखलढुंगा, सभापति तेजेन्द्र खनाल

पर्वत, सभापति युवराज जोशी

इलाम, सभापति डम्बरबहादुर खड्का

सुर्खेत, सभापति खड्ग पोखरेल

रूपन्देही, सभापति रामकृष्ण खाण

कास्की, सभापति किशोरदत्त बराल

काभ्रे, सभापति तीर्थ लामा

तनहुँ, सभापति जितप्रकाश आले

ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ

कञ्चनपुर, सभापति पदम बोगटी


पौडेल पक्षले जितेका जिल्ला र सभापति

प्युठान, सभापति विष्णुकुमार गिरी

अर्घाखाँची, सभापति केशव श्रेष्ठ

रोल्पा, किशोर आचार्य

बैतडी, सभापति चतुरबहादुर चन्द

दोलखा, सभापति बर्मा लामा

गोरखा, सभापति नन्दप्रसाद न्यौपाने

कालिकोट, सभापति अम्बबहादुर शाही

संखुवासभा, सभापति दीपक खड्का

रूकुमपूर्व, सभापति केशरमान रोका

मुस्ताङ, सभापति रोमीगौचन थकाली

भोजपुर, सभापति विनोद वान्तवा

बाजुरा, सभापति रामसिंह रावल

तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे

नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल

पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ

स्याङ्जा, सभापति राजु थापा

खोटाङ, सभापति विष्णुकुमार राई

दार्चुला, सभापति ललितसिंह बोहरा

नुवाकोट, सभापति रमेश महत

दाङ, सभापति शंकरप्रसाद डाँगी

दैलेख, सभापति मणिराम रेग्मी

गुल्मी, सभापति खिलध्वज पन्थी

काठमाडौं, सभापति कृष्णसबुज बानियाँ

धादिङ, सभापति रामनाथ अधिकारी

सुनसरी, सभापति केदार भण्डारी

पूर्वमहामन्त्री सिटौला पक्षले जितेका जिल्ला र सभापतिस्

झापा, सभापति देउमान थेवे


पक्ष नखुलेकोस्

जाजरकोट, सभापति बेदराज सिंह

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति