एमालेको १०औं महाधिवेशन : सर्वसम्मत हुन नसकेको एमालेका १६ समूह

काठमाडौं,१३ मंसिर । एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव,उपमहासचिव पदबाहेक पदाधिकारीका अन्य पदहरुमा उम्मेदवारी हुने भएको छ । एमालेका प्रमुख निर्वाचन आयुक्त विजय सुब्बाका अनुसार विभिन्न १६ समूहमा चुनाव मार्फत नेतृत्व चयन चयन हुनेछ ।अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्विरोध नहुने भएको छ । अध्यक्षमा २, उपाध्यक्षमा ५ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष र ७ सचिव चयन हुनेछन् ।

सुब्बाका अनुसार प्रदेश–१ र वागमती प्रदेशको खुला सदस्य, सम्पर्क समन्वय क्षेत्र, कर्णाली र सुदुर पश्चिमको खुला सदस्य, सुदुर पश्चिमको महिला सदस्य पदमा पनि निर्वाचन हुनेछ ।

यस्तै, आदिवासी जनजनति खुला सदस्य, आदिवासी जनजाति महिला, मधेसी खुला, दलितको खुला, थारुको खुला, महिला खुला, मुस्लिमको खुला र पिछडिएको क्षेत्रको खुला र महिलामा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेको छ ।

खुला केन्द्रीय सदस्यमा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन हुने एमालेको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने केही समय बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति