टेलिकमले पुर्‍यायो सोलुखुम्बुका अतिविकट ८ स्थानमा टुजी र फोरजी

सोलुखुम्बु , १३ मंसिर । दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका बस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच नेपाल टेलिकमले पुर्‍याउदै आएको छ। यस आर्थिक वर्षमा अति दुर्गम र विकट ८ (आठ) स्थानहरुमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गर्ने भएकाले पहाडी भीरपाखा भएको र सडक नभएकाले घरायसी सामान पनि डोकोमा बोक्नुपर्ने अवस्थामा दूरसञ्चारका कम्पनीले विगतमा जस्तै हेलिकप्टरबाट ठूला र गह्रुंगा उपकरणहरु ढुवानीे गनुपर्ने वाध्यता रही आएको छ।

सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट कम्पनीले सेवाग्राहीकालागि टुजी र फोरजीसेवा सञ्चालन गरिएको हो।

सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा साथै स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ।

त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा साथै अन्य क्षेत्रमा सेवा उपलब्ध भएको छ भने कतिपय क्षेत्रमा सेवा प्रदानकोलागि कार्य भइरहेको छ । हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउनेछ। तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति