काठमाडौं, १३ मंसिर । उमेरहदका कारण नेकपा एमालेका चारजना पुराना नेताहरू पार्टीको नेतृत्वबाट बाहिरिएका छन् । बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् ।एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न पाउँदैनन् । उनीहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले रोक्दैन ।
एमालेमा उमेरहदका कारण चार नेताले पाए नेतृत्वबाट अवकाश
प्रतिक्रिया