कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने

काठमाडौ १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणाको तयारी गरेको उनले बताए।आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लागेका छन्।

थापाले आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्नेबारे विस्तृतमा आज मध्यान्ह १२:३० मा राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर बताउने उल्लेख गरेका छन्।राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ।थापा अहिले पनि राप्रपा अध्यक्ष छन्। राप्रपामा थापासहित पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति