यस्तो छ दर्ता हुन नसकेको भीम रावलको मनोनयन पत्र, प्रस्तावक र समर्थक को ?

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा। भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन् ।

यद्यपि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्थगन तथा संशोधन गर्दा रावलको मनोनयन दर्ता हुन सकेन ।

यद्यपि रावलले आफ्नो दाबीसहित भरिसकेको मनोनयन पत्र सार्वजनिक भएको छ । पत्रमा केन्द्रीय कमिटीको अध्यक्षका लागि विधान बमोजिम योग्यता पुगेको उल्लेख छ ।

रावलको उम्मेदवारीको प्रस्तावकमा महादेव बजगाइँ र समर्थन दुधकला विष्टले गरेका छन् । एमालेका दुबै कार्यकर्ता सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छन् ।

रावलको मनोनयन पत्र केन्द्रीय निर्वाचन आयोगले दर्ता गरेर प्रमाणित गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति