अध्यक्ष मण्डलको बैठक सुरु

चितवन, १२ मंसिर,  । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाएका ओलीले बन्दसत्र रोकेर दिनभर नेताहरुसँग छलफल गरेका थिए । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरुको सूची तयार पारेका थिए ।

तर पदाधिकारीमा सहमति जुट्न सकेन । ओलीले अध्यक्षका दावेदार भीम रावल तथा वरिष्ठ उपाध्यक्षका दावेदारद्धय ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङसँग छलफल गर्न चाहेका थिए । अध्यक्ष मण्डलमा तीनै जना नेता छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति