बन्दसत्रका लागि हल प्रवेश गर्दै एमाले प्रतिनिधिहरु : सुरक्षा सतर्कता बढाइयो

काठमाडौँ, १२ मंसिर ।  निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी एमालेको १० औं महाधिवेशनको बन्द सत्र सुरु हुन लागेको छ । बिहान १० बजे बोलाइएपनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो ।

७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्द सत्र बोलाइएको थियो ।अहिले बन्दसत्र स्थल होटल सेभेन स्टार प्रतिनिधिहरुको चहलपहल बढेको छ । सुरक्षा चेकजाँच गरेर प्रतिनिधिहरुलाई बन्द सत्र हलभित्र प्रवेश गर्न थालेका छन् ।ओलीसँगको छलफलपछि उनी निकटका नेताहरु होटल सफारीबाट बाहिरिएका छन् ।

उनीहरु बन्दसत्र स्थल आउँदै गरेको नेताहरुले बताएका छन् । प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति