काठमाडौं, १२ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै नेपाल बार एशोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ध्यानाकर्षण गराएको छ ।आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।नेपाल बारले केही दिनअघि सभामुख तथा राजनीतिक दलको शीर्ष नेतृत्वलाई ज्ञापन पत्र बुझाएको थियो ।
ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामालाई बटमलाइन बनाएर बारले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।
प्रधानन्यायाधीशलाई महाअभियोगको माग गर्दै नेपाललाई बारको ज्ञापनपत्र
प्रतिक्रिया