काठमाडौं, १२ मंसिर । नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनको आइतबार तेस्रो दिन बन्दसत्र नै सुरु हुन सकेको छैन । यसअघि आइतबारसम्म महाधिवेशन चल्ने बताइए पनि कार्य समिति चयनको विषयलाई लिएर भएको अन्योलताका कारण महाधिवेशन पनि लम्बिने देखिएको छ ।
आजको बन्दसत्रले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो । सोहीअनुरूप हिजोको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको प्रस्ताव गर्ने अधिकार दिएको थियो ।ओलीले पनि सर्वसम्मत नेतृत्व चयन हुने बताइरहेका छन् । उनले हिजोको बन्दसत्रमा बोल्दै सहमतिमै नेतृत्व चयन गर्ने बताएका थिए । बन्दसत्रले ओलीलाई सर्वाधिकार दिए पनि आइतबार यतिबेलासम्म ओलीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली तयार पार्न नसकेपछि बन्दसत्र सुरु हुन नसकेको हो ।
प्रतिक्रिया