सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

काठमाडौँ, १२ मंसिर । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।अस्ति शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ दुई सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति