पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य

चितवन, १२ मंसिर । चितवनमा जारी एमाले १० औं महाधिवेशनको बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास चलिरहेको छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उनीहरूको वार्ता भर्खरै सकिएको छ ।

वार्तामा २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्न ओली तयार रहेको एक स्रोतले बतायो । स्रोतका अनुसार ओलीले रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष, सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य दिन आफू तयार भएको बताएका छन् ।एमाले उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दाबी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति