काठमाडौं, १२ मंसिर। एमालेको जारी दसौं महाधिवेशनमा पूर्व माओवादी पक्षका नेताहरुले कम्तीमा तीन पदाधिकारीसहित केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखेका छन् ।पूर्व माओवादी पक्षले रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्षरउपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग गरेका छन् । यस्तै प्रभु साह र मणी थापाले पनि पदाधिकारीमा आफ्नो दाबी पेश गरेका छन् ।पूर्व माओवादी पक्षका नेता मणी थापाका अनुसार आफ्नो पक्षका मागका बारेमा छलफल गर्नका लागि अहिले टोपबहादुर रायमाझी र लेखराज भट्ट केपी शर्मा ओलीलाई भेट्न गएका छन् हामीले हाम्रो पक्षबाट पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्छ भनेर कुरा राखेका छौं, मणी थापाले भने, हाम्रो कुरा राख्नका लागि टोपबहादुर रायमाझी र लेखराज भट्ट ओलीलाई भेट्न जानुभएको छ ।
सम्मानजनक उपस्थितिको माग : तीन पदाधिकारीमा पूर्वमाओवादीको दाबी
प्रतिक्रिया