कोरोनाको नयाँ भेरियन्टका शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता

काठमाडौं, १२ मंसिर । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन)का शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको छ ।

दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्ति नयाँ भेरियन्टबाट सङ्क्रमित भएको हुनसक्ने पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्विटमा उल्लेख गर्नुभएको छ । उहाँले ती व्यक्तिमा ‘ओमिक्रोन’ भेरियन्टको बलियो सम्भावना रहेको र होम क्वरेण्टीनमा राखिएको बताउनुभएको छ ।

तर पुष्टिका लागि थप अनुसन्धान हुन बाँकी नै रहेको समाचार संस्था एएफपीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको विषय घोषणा गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति