एमालेको १० औँ महाधिवेशन : नामावलीमा सहमति नभएमा चुनाव

काठमाडौं, १२ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । हिजो बेलुकी अबेरसम्म बसेको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ ।नेता विष्णु पौडेलको प्रस्तावमा सबैजसो प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरे पनि अध्यक्षका प्रत्यासी भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालले भने विरोध जनाए । दुई नेताको विरोध रहे पनि हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिएको छ ।

यसअनुसार आज ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन्। ओलीको प्रस्ताव सर्वसम्मतिबाट अनुमोदन हुने नेता विष्णु रिजालले दाबी गरे। तर ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुने उनको भनाइ छ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने आमकार्यकर्ताको भावनाअनुसार हिजोको बन्द सत्रले यसको अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको उनले बताए । नेता रिजालकाअनुसार भीम रावल र घनश्याम भुसालसँग सहमतिको प्रयास भइरहेको छ । अन्तिमसम्ममा उनीहरु पनि सहमतिमा आउने र सहमति हुन नसकेमा मात्रै चुनाव हुने उनले बताए ।

विधान संशोधन पारित भएसँगै एमालेको पदाधिकारी अब १९ सदस्यीय पुगेको छ ।१९ जना पदाधिकारीमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन् । साथै १ जना महासचिव र ३ जना उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् । केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बन्नेछ । अस्ति शुक्रवार चितवनमा सुरु भएको एमालेको १० औँ महाधिवेशन आज सक्ने कार्यतालिका छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति