ओलीलाई अधिकार दिने निर्णय मान्दिन, अध्यक्षमा उम्मेदवारी दिन्छु : भीम रावल

चितवन, ११ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णयमा उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार प्रदान गरेपछि उपाध्यक्ष रावलले आपत्ति जनाएका हुन् ।महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटी सदस्य छान्ने अधिकार प्रदान गरेपछि उपाध्यक्ष रावलले फरक मत राखेका हुन् ।

उनले राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्माण गर्ने विधानको व्यवस्थाविपरितको निर्णय भएको बताएका छन् । विधानले महाधिवेशनबाट कमिटी छान्न निर्देश गरेकाले सोही अनुसार निर्णय हुनुपर्ने बताए ।महाधिवेशनका प्रतिनिधिहरुको अधिकार हनन गरी यस्तो निर्णय गर्दा लोकतान्त्रिक परिपाटी अन्त्य हुने रावलको भनाई छ ।महत्त्वपूर्ण महाधिवेशनमा यस्तो कुराले प्रवेश गर्नु उपयुक्त नभएको उनले बताए ।रावलले आफूले १० औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको र सोही अनुसार उम्मेदवारी दिने पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति