स्वतन्त्र न्यायालयको दुरुपयोग भयो : अध्यक्ष ओली

काठमाडौं, ११ मसिर । एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्ति पृथकीकरणको सिद्धान्त खलबलिँदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताए । यही कारण देशमा यतिबेला गम्भीर चुनौती खडा भएको बताए ।

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको उनको भनाइ छ । ओलीले १०औँ महाधिवेशनबाट राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् ।

उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यवाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वसनीय र भरपर्दो पार्टीका रूपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति