चिनियाँ कम्युनिस्ट पार्टीले भन्यो – एमालेले विकासको मार्गमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ

काठमाडौं, ११ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ । एमालेको १० औं महाधिवेशनमा सन्देश पठाउँदै सीपीसीले यस्तो धारणा राखेको हो । सीपीसी केन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ ।राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।‘सीपीसीले हालै एकसय वर्ष मनायो त्यस क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा गरेको थियो,’ सन्देश भनिएको छ, ‘ ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति