काठमाडौं, ११ मंसिर । भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता जोगेन्द्र शर्माले नेपाललाई राजासहितको हिन्दु राष्ट्र बनाउन मोदी सरकार लागिपरेको दावी गरेका छन् ।एमाले महाधिवेशनको बन्दसत्रलाई सम्वोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।त्यसको तयारी स्वरुप नेपालमा आरएसएसको नेटवर्क विस्तार गर्न प्रयास भइरहेको आफुले सुचना पाएको उनले बताए ।‘भारतलाई २०२५ सम्म हिन्दु देश बनाउने घोषणा फासिवादी मोदी सरकारले गरेको छ,’ शर्माले भने, ‘त्यसका बिरुद्वमा सबै कम्युनिष्ट एक हुनुपर्छ ।’मोदी सरकारका कारण भारतको सम्विधान र लोकतन्त्र खतरामा परेको बताउदै उनले मोदीको फासिबादी र तानाशाही तन्त्र रोक्न सबै एकजुट हुनु पर्ने बताए ।उनले अहिले भारतमा पुलिसराज कायम गर्ने प्रयास भएको आरोप समेत लगाए ।
प्रतिक्रिया