कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’

११ मङ्सिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै भेटिएको अत्यधिक म्युटेट कोरोना भाइरसलाई चिन्ताजनक भेरियन्ट (भेरियन्ट अफ कन्सर्न) को रुपमा राखेको छ । यो भेरियन्टको नाम ओमिक्रोन राखिएको छ । अत्यधिक उत्परिवर्तित भएको र प्रारम्भिक विवरणले यो भाइरसले संक्रमणको जोखिम बढाउने डब्ल्यूएचओको निष्कर्ष छ । यो भेरियन्ट गत नोभेम्बर २४ मा सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । त्यसका साथै अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यसको संक्रमण देखिएको छ । नयाँ भेरियन्ट देखिएसंगै धेरै मुलुकले अहिले दक्षिणी अफ्रिकाका मुलुकसंगको सीमा बन्द गरेका छन् । कुनै पनि भाइरस उत्परिवर्तित हुनु नौलो कुरा होइन तर यसरी उत्परिवर्तित हुँदा संक्रमण, त्यसको असर र खोपको प्रभावकारिता घटाउनेजस्ता समस्या देखिएमा त्यस किसिमको उत्परिवर्तित भाइरसलाई चिन्ताजनक भेरियन्टको रुपमा लिइने गरिएको छ । डब्ल्यूएचओले नयाँ भेरियन्टबारे थप जानकारीको लागि केही साता लाग्न सक्ने बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board