काठमाडौँ, १० मंसिर । गत असोज १८ गते ठगी मुद्दामा पक्राउ गरेका सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ ।
सिभिल सहकारीका निक्षेपकर्ता तथा सिभिल होम मार्फत ठगी मुद्धामा मुछिएका तामाङविरुद्धको मुद्दा सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो ।प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रुपैयाँ बराबरको जरिवाना माग गरेको छ ।एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन पारिएको प्रहरीले जनाएको छ ।
तामाङसहित १२ जना पनि पक्राउ परेका थिए भने २४ जना फराहर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया