दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहे : अध्यक्ष केसी

चितवन, १० मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताएका छन् ।शुक्रबार चितवनमा नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभित्र एकले अर्को दललाई खुइल्याउने काम भएकाले बाह्य शक्तिले खेलिरहेको बताएका हुन् ।‘बाह्य शक्ति खेल्छ त । ]

हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने । बाह्य शक्तिले त त्यही खोजरिहेको छ’ उनले भने ।विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर भएका बेला नेपालमा पनि कम्युनिस्ट पार्टीमा टुटफुट आएको भन्दै केसीले कम्युनिस्ट पार्टीको अन्तरविरोधमा बाह्य शक्तिले खेल्न खोजेको बताए ।‘अहिले सबभन्दा बढी तितोपिरो कम्युनिस्ट आन्दोलनमा छ, हाम्रो अन्तरविरोध बाह्य शक्ति, बाम आन्दोलन विरोधी शक्तिलाई सुनाएर औकात देखाउन खोज्छौं, यसरी हुँदैन’ उनले भने ।अहिले गणतन्त्र र धर्मनिरपेक्षता चाहने सबै शक्ति एक ठाउँमा रहनुपर्ने पनि उनले बताए । ‘हामी सबै गणतन्त्र पक्ष धर्म निरपेक्ष पक्ष आउँदा दिनमा पनि मिलेर अगाडि बढ्नुपर्छ । हाम्रा बीचका अन्तरविरोध पनि चलाउँदै जाऔं’ उनले भने ।

मुलुकको अहिलेको अवस्थाका कारण निराशा बढिरहेको पनि केसीले बताए ।‘अहिले जसरी मुलुक जानुपर्ने हो त्यसरी गएको छैन, कार्यकारीमा राम्रो वातावरण छैन । न्यापालिकामा पनि रामो स्थिति छैन, निराशा छ । हामी एउटाले अर्कोलाई दोष लगाइरहेका छौं’ उनले भने, ‘अहिलेको अराजकता र नैराश्यता पनि हामो कारणले भएको हो, नेपाली जनताका अगाडि इमान्दारिताका साथ स्वीकार्नुपर्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति