देशभर २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि : ३०२ जना निको भए

काठमाडौं, १० मंसिर । देशभर २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board