काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राष्ट्रियताको एजेन्डा चर्काएर त्यसकै बलमा आगामी निर्वाचन जित्ने रणनीति सार्वजनिक गरेका छन्। राष्ट्रियताको मुद्दाकै बलमा फेरि सरकारमा फर्किने संकेत उनले गरेका छन्।
शुक्रबार पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अब आगामी निर्वाचनमा केन्द्रित हुने बताए। झण्डै दुई लाख सहभागी भएको उद्घाटन सत्रमा ओलीले सर्वसम्मत नयाँ नेतृत्व चयन, आगामी चुनावमा बहुमत र राष्ट्रियताको विषय उठाउने संकेत गरे।हामीलाई नयाँ जनमतमा जान रोकियो तर अब चुनाव त हुन्छ नै।
चुनाव नजिकै आउँदैछ। अब हामी बहुमतका लागि काम गर्छौँ, उनले भने, देश बनाउन अब नयाँ जनमतबाट बहुमत ल्याउँछ एमालेले। देशमा विकासको लहर ल्याउन पनि एमालेले बहुमत ल्याउँछ।ओलीले त्यतिमात्र नारायणी नदी किनारमा भएको कार्यक्रममा ओलीले एमालेले फेरि राष्ट्रियताको कुरा उठाए र लिम्पियाधुरा फिर्ता ल्याउने दाबी गरे।
मिचिएको भूमि लिम्पियाधुरा हामी वार्ता गरे फिर्ता ल्याउँछौँ। नल्याएसम्म हामीलाई हीनताबोध भइरहन्छु, उनले भने, त्यो जमिन फिर्ता नभएसम्म हामी हेपिएको थिचिएको मिचिएको भइरहन्छ। त्यसैले हाम्रो नक्सामा समेटिएको भूमि फिर्ता ल्याउँछौँ।ओलीले यसअघि अघिल्लो चुनावमा पनि राष्ट्रियताको मुद्दा उठाएका थिए। ओलीकै पालामा भुमी फिर्ता ल्याउन नसकेको आरोपको उनले जवाफ भने दिएनन्।अध्यक्ष ओलीले सहमतिकै आधारमा एमालेको दसौँ महाधिवेशनबाट नेतृत्व चयन गर्ने र एउटा नयाँ उदाहरण दुनियाँलाई देखाउने घोषणा गरे।
प्रतिक्रिया