माओवादी नेता पुनलाई थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट लगियो चीन

काठमाडौँ, १० मङ्सिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ ।

माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो । विगत डेढ महिनादेखि उहाँको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सकको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।

नेता पुनसँगै उनका पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन गएका छन् । उनको आजैदेखि स्वास्थ्य उपचार हुनेछ । जण्डिसले पिरोलेपछि नेता पुन गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताए । नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गरेकाे बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति