रिमोटबाट झण्डोत्तोलन गरी एमाले महाधिवेशन उद्घाटन

काठमाडैं, १० मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।चितवन नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गरे । झण्डोत्तोलनपछि एमाले अध्यक्ष ओलीले एकसिङ्गे गैँडाको मस्कटको अवलोकन गरेका थिए ।उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता/कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटनअघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निस्किएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति