दसौँ महाधिवेशन उद्घाटन कार्यक्रमको रौनक : कतै भान्साको तयारी, कतै दोहोरी

चितवन, १० मंसिर । शुक्रबारदेखि सुरु हुने एमालेको दसौँ महाधिवेशनको उद्घाटन कार्यक्रमका लागि नारायणी नदी किनारमा नेता कार्यकर्ता आउने क्रम सुरु भइसकेको छ । बिहानै देखि चहलपहल बढेको छ ।केही जिल्लाबाट बिहीबार साँझ नै कार्यकर्ताहरू आइपुगेका छन् । बाराको टोली बिहीबार साँझ नै नारायणगढ आइपुगेको अरविन्दप्रसाद यादवले बताए । यतिबेला नदी किनारमा कार्यकर्ताहरू खाना पकाउन व्यस्त देखिन्छन् । फुर्सदिला देखिएका केही कार्यकर्ता भने मादल बजाएर गीत संगीतमा झुमिरहेका छन् ।समूह–समूह बनाएर कार्यकर्ताहरू दोहोरीमा रमाएका देखिन्छन् । होटेल पाइँदैन भनेर आफूहरूले आफै खानाको जुगाड गरेको पाल्पाकी सरस्वती चिदीले बताइन् ।पाल्पाको बगनासकाली गाउँपालिकाबाट करिब ८ वटा बसमा २ सय जना चितवन आइपुगेका छन् । त्यस्तै भक्तपुरको चाँगुनारायणबाट आएको टोलीले पनि खाना बनाइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति