प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै बालुवाटार मार्च

काठमाडौं, ‍९ मंसिर। नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु भएको छ ।नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेका हुन् ।

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको छ । मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर न्याय माच गरिएको हो । यी सात संस्थाले प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन राजनीतिक दल र संसदलाई दबाब दिँदै र्‍याली निकालेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति