विश्वभर एकैदिन साढे ४ लाख कोरोनामुक्त, ७ हजार ५ सयको मृत्यु

काठमाडौँ, ९ मंसिर । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् ।ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ ।त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्रमण पुष्टि भएको हो ।जसअनुसार अमेरिकामा मात्रै ९४ हजार ८८३ जना थपिदा निको हुनेको संख्या ५७ हजार ४११ रहेको छ । त्यहाँ एकैदिन एक हजार ४४४ जना संक्रमितको मृत्यु भएको छ ।रुसमा ३३ हजार थपिँदा ४२ हजार बढी संक्रमणमुक्त भए । पछिल्लो दिन एक हजार २४० जनाले कोरोनाका कारण ज्यान गुमाए ।यसअघि बुधबार ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका थिए । युरोपमा कोरोना भाइरसको दैनिक संक्रमण दर बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति