पछिल्लो २४ घण्टामा ३३२ संक्रमित थपिदा २३२ संक्रमणमुक्त

काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ ।
बुधबार २३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति