प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष अमर गिरी नेकपा एसमा प्रवेश


काठमाडौं, ८ मंसिर । प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष अमर गिरीले एमाले पार्टी परित्याग गरेका छन् । हाल एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका गिरीले बुधबार प्रेस वक्तब्य जारी गरी पार्टी परित्याग गरेको जनाएका छन् ।

उनले एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन हलक्क बढेको, महाधिवेशनबाट पारित विचारनीति, कार्यक्रम, कार्यदिशा विपरीत हिँड्न सुरु गरिएको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप लगाउँदै दक्षिणपन्थी विचलनको आफूले सदैव आलोचना गर्दै आएको बताएका छन् । उनले पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण, नैतिक मूल्यको गम्भीर क्षय भएको पनि आरोप लगाएका छन् ।एमाले विभाजनपछि भएको विधान महाधिवेशनमा कमजोरीहरुको गम्भीर समीक्षा र त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धताको महाधिवेशन हुनुपथ्र्यो तर त्यसो भएन । सुरु भएको दसौँ महाधिवेशनमा पनि गम्भीर राजनीतिक, वैचारिक छलफल, विगतका कार्यहरुको सिंहावलोकन, कमजोरीहरुको समीक्षा नभई नेतृत्व चयनमा केन्द्रीत रहेर सकिने भएकाले आफूले दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गर्ने गिरीले बताएका छन् ।

साथै, उनले नेकपा एस गठनको औचित्य पुस्टि भएको जनाउँदै आजैको मितिदेखि नेकपा एसमा प्रवेश गरेको घोषणा गरेका छन् । लामो समय शिक्षण पेशामा रहेका गिरी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञदेखि चलचित्र विकास बोर्डको अध्यक्षसम्म भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति