काठमाडौं, ८ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहित विश्वभरका ११० लोकतान्त्रिक मुलुकलाई एक भर्चुअल सम्मेलनको लागि निमन्त्रणा पठाएका छन्। यो सम्मेलन ९–१० डिसेम्बरमा हुनेछ।यो सम्मेलनमा चीन र रुसलाई भने निमन्त्रणा पठाइएको छैन। यद्यपि ताइवानले भने यो सम्मेलनमा भाग लिनेछ। अमेरिकी विदेशमन्त्रालयले एक पत्र सार्वजनिक गर्दै यस्तो बताएको हो। अमेरिकाको यो कदमले आगामी दिनमा अमेरिका–चीन तनाव थप बढ्न सक्ने आकलन गरिएको छ। केही दिनअघि मात्र चीनले अमेरिकालाई ताइवान मुद्दामा आगोसँग नखेल्न चेतावनी दिएको थियो। बाइडेनले टर्कीलाई पनि निम्तो पठाएका छैनन्। दक्षिण एसियाली मुलुकमा अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई पनि यो सम्मेलनको लागि निमन्त्रणा पठाइएको छैन।
बाइडेनले किन निमन्त्रणा पठाए नेपालसहित ११० मुलुकलाई
प्रतिक्रिया