पारदर्शिता कम भएपछि आन्तरिक उडानहरु प्रभावित

काठमाडौं, ८ मंसिर ।  मौसम र भिजिविलिटी (पारदर्शिता) कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको मौसम खराव हुँदा भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।

कुनै पनि आँखाले हेरेर अवतरण हुने (भिएफआर) जहाजलाई कम्तिमा ५ किलोमिटर भिजिवलिटी आवश्वकता पर्छ भने यान्त्रिक भिजिवलिटीमा अवतरण गर्ने (आइएफआर) जहाजका लागि १६ सय मिटर आवश्यक पर्छ। विहानैदेखि मौसम खरावीका कारण भिजिवलिटी नपुग्दा बाटो पहिल्याएर आउन (एअरवे फलो) जहाजहरुलाई समस्या हुने भएपछि विमानस्थलले उडान(अवतरण गर्न अनुमति नदिने गरेको जनाएको छ। बुधबार उडानहरु ढिलाइ हुने गरे पनि रद्द हुने सम्भावना कमै रहेको छ।भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, तुम्लिङटार, राजविराज, नेपालगन्ज, धनगढीलगायत अधिकांश विमानस्थल भिजिविलिटीका कारण खुल्न सकेका छैनन्। विमानस्थलका अनुसारका आजका लागि १५० उडान हुने तालिका थियो। मौसम क्रमशः खुल्दै छ, घाम लागेर कुइरो हट्ने वित्तिकै उडान-अवतरण सुचारू विमानस्थलले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति