विश्वभर एकैदिन थपिए ५ लाख २५ हजार बढी संक्रमित : ७ हजारको मृत्यु

काठमाडौँ, ८ मंसिर । विश्वभर ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार २७८ जना कोरोनामुक्त हुँदा ७ हजार ९५ संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरका अनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७३ हजार ९१८, बेलायतमा ४२ हजार ४८४, रुसमा ३३ हजार ९९६, फ्रान्समा ३० हजार ४५४, टर्कीमा २८ हजार १७० र ब्राजिलमा १० हजार ३१२ जना छन् ।एक दिनमा निको हुने पनि अमेरिकामा सबैभन्दा धेरै ६० हजार ९७४ जना छन् । त्यसैगरी बेलायतमा ३९ हजार ३७०, रुसमा ३६ हजार ५१, टर्कीमा २९ हजार ३५३, ब्राजिलमा १७ हजार ६२५ र फ्रान्समा ९ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।

मृत्यु हुनेहरु भने सबैभन्दा धेरै रुसका छन् । त्यहाँ एकैदिन एक हजार २४३, अमेरिकामा एक हजार ११, ब्राजिलमा २२४, टर्कीमा २०८, बेलायतमा १६५ र फ्रान्समा ९८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति