माओवादी नेता टंकमणिको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणिको) मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।मंगलबाट राती बुटवलको जितगढीमा दुर्घटनामा परेका बन्जाडेको बुधबार बिहान मृत्यु भएको हो ।बुटवल बेलबास निवासी ५५ बर्षीय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।बन्जाडे मोटरसाइकलको पछाडि बसेका थिए। बसको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा निधन भएको हो ।मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति