सहायता सामग्री पुर्याउन पाकिस्तानको भूमि प्रयोग गर्न भारतलाई अनुमति

पाकिस्तान, ६ मङ्सिर । पाकिस्तानले आफ्नो भूमि हुँदैै अफगानिस्तानमा सहायता सामग्री पु¥याउन भारतलाई अनुमति दिने भएको छ । भारतले एक महिनाअघि नै पाकिस्तानको बाटो हुँदैै अफगानिस्तानमा सहायता सामग्री पु¥याउन अनुमति मागे पनि पाकिस्तानले बल्ल अनुमति दिने भएको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई छिटै अनुमति दिइने बताउनुभएको बीबीसीले जनाएको छ । पाकिस्तानले आफ्नोे भूमि हुँदैैै ५० हजार मेट्रिक टन गहुँ अफगानिस्तान लैजान दिने बताएको खबरमा उल्लेख छ । तर यो विषयमा अझै एक पटक भारतसँग कुरा हुने पाकिस्तानको भनाइ छ । यस्तै भारतमा उपचार गराइरहेका अफगानी नागरिकलाई पनि पाकिस्तानले आफ्नो भूमि हुँदैै स्वदेश फर्कने अनुमति दिएको छ । केही समयअघि अफगानिस्तानको विषयलाई लिएर भारतमा भएको आठ देशको बैठकले पनि पाकिस्तानले सहायता सामग्रीमा अवरोध गर्न नहुने निष्कर्ष निकालेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति