थप ३ सय ५१ जनामा कोरोना सङ्क्रमण, २ सय ७३ जना निको

काठमाडौं, ७ मंसिर । पछिल्लो २४ घण्टामा थप तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४४ प्रतिशत अर्थात् तीन सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार ६ सय ९९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।यस्तै २४ घण्टामा दुई सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ सय ९० पुगेको छ । अहिले नेपालमा सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा नौ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय नौ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९८ हजार पाँच सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७९ लाख ९० हजार एक सय ९० जनाले पूर्ण मात्रा र ९२ लाख ६ हजार एक सय ८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति