प्रधानन्यायाधीशविरुद्ध बिहीबार बार र नागरिक समाजले सर्वोच्चदेखि बालुवाटारसम्म ९ गते ‘मार्चपास’ गर्ने


काठमाडौं, ७ मंसिर नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ ।

बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए । नागरिक समाजका सदस्यसहित ९ गते २ बजे बालुवाटारसम्म मार्च पास गरिनेछ ।

जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने भएको छ, उनले भने ।बारले अदालतमा जारी विवादबारे शान्ति र लोकतन्त्रका लागि पेसागत संगठन सञ्जाल९पापड०सँग छलफल गरेको थियो । बालुवाटारमा नै धेरै कुरा तय हुने र प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्च गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरूलाई धारणापत्र बुझाएको छ । बुधबार १८ वटा उच्च अदालतमा पनि विरोध सभा गर्न लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति