एमाले स्थायी कमिटी बैठक भोली ११ बजे बस्ने

काठमाडौं, मंसिर ६ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको स्थायी कमिटी बैठक सरेको छ । आज अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बोलाईएको बैठक भोली ११ बजे सम्मका लागि रहेको हो । भोली बस्ने बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची तयार गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ । महाधिवेशनका लागि करीव एक सय जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति