माओवादीको वडा सम्मेलन : नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित

काठमाडौं, ५ मंसिर । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व आएका छन् । नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो ।

तर, ८० प्रतिशत बढी वडा तहमा मात्रै सम्मेलन भएको जानकारी प्राप्त भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।‘कहीँ कुनै चाडपर्व परेको, कहीँ कसैको मृत्युमा वडा शोकमा रहेको जस्ता कारणले सम्मेलन हुन नसकेको भन्ने आएको छ’ उनले भने ।पार्टीले आन्तरिक निर्वाचनलाई खुला राखेको भए पनि वडा तहको सम्मेलनमा आन्तरिक निर्वाचन कतै गर्नु नपरेको उनले बताए ।

‘८० प्रतिशत वडामा सम्मेलन हुँदा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपरेको जानकारी आएको छैन्’ श्रेष्ठले भने ।सम्मेलनबाट महानगरपालिकामा ४५, उपमहानगरपालिकामा ३५ तथा नगरपालिका र गाउँपालिकामा २९/२९ सदस्यीय वडा समिति निर्वाचित भएको मओवादीले जनाएको छ ।देशभर ६ हजार ७४३ वटा वडा छन् । प्रत्येक वडामा वडा सम्मेलन गर्न ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको छ ।अब मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुनेछ ।आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति