हैजा फैलिएको करिब डेढ महिनापछि खोप सुरु

काठमाडौँ, ५ मंसिर । कपिलवस्तुमा हैजा फैलिएको करिब डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप आजदेखि सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो खोप दुई चरणको हुनेछ । पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान हैजा प्रकोप देखिएको ५ वटा स्थानीय तहमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कपिलवस्तुको कृष्णनगर, यशोधरा, महाराजगञ्ज र विजयनगरका सबै वडाका खोप केन्द्रमा निशुल्क रुपमा उपलब्ध हुनेछ । खोप एक वर्ष माथिका सबै उमेर समूहका नागरिकलाई दिइनेछ ।

हैजाविरुद्धको खोप एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले लिन नहुने विज्ञले बताएका छन् । हैजाविरुद्धको खोप पहिलो मात्रा लिएपछि खराब असर देखिएमा दोस्रो मात्रा खोप नलिन मन्त्रालयले आग्रह गरेकाे छ ।

हैजाविरुद्धको खोप लिएपछि कसै–कसैलाई हल्का ज्वरो आउने, पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने, चिलाउने, साना बिमिरा, खटिरा आउने जस्ता सामान्य लक्षण देखिन सक्ने विज्ञको भनाई छ । यस्ता लक्षण बिस्तारै ठिक भएर जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board