कोरम नपुगेपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित, १७ गतेसम्मका लागि बैठक स्थगित

काठमाडौं, ५ मंसिर । सांसदहरू अनुपस्थित भएर संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको छ ।आइतबार ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो ।

तर, समितिमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै एक घण्टा कुरेर प्रस्तावितहरू फर्केका छन् । अब सुनुवाइ लागि आउँदो १७ गतेका लागि बैठक बोलाइएको छ । १५ सदस्यीय समितिमा चारजना मन्त्री भएका कारण सदस्य नरहेपछि हाल समिति ११ सदस्यीय छ ।त्यसमध्ये कोरम पुग्न कम्तिमा ६ जना चाहिन्थ्यो । तर आइतबारको बैठकमा एमालेका सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीका अमृता थापा, देव गुरुङ र समिति सभापति समेत रहेका लोसपाका लक्ष्मणलाल कर्ण मात्र उपस्थित भए ।

समितिका सभापति कर्णले पार्टीहरूको महाधिवेशन चलिरहेकाले आउँछु भनेकाहरू पनि नआएपछि कोरम नपुगेर बैठक स्थगित भएको जानकारी दिए ।आइतबारको बैठकमा कांग्रेसका जितेन्द्र देव पुष्पा भुसाल, भिनसेनदास, नेकपा एसकी नन्दा चपाई, माओवादीका पूर्णकुमारी सुवेदी, शिवकुमार मण्डल र एमालेका सुमनराज प्याकुरेल बैठकमा आएनन् ।सुनुवाइका लागि प्रस्तावित राजदूत शंकर शर्मा र ज्ञानचन्द्र आचार्य समयमै समिति बैठकमा आइपुगेका थिए । श्रीधर खत्री बाटोमा आउँदा आउँदै बैठक स्थगित भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति