काठमाडौँ, ४ मंसिर । सरकारले चीनमा राजदूत नियुक्तिका लागि सिफारिस नगरेकोमा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाएका छन् । सरकारले दसैंअघि नै खाली रहेका २३ राजदूतावासमध्ये भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्तिको लागि सिफारिस गरेको थियो । सरकारले चीनसहित अन्य २० मुलुकमा राजदूत नियुक्ति गरेको छैन ।
त्यसलाई लिएर पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) द्वारा आयोजित कार्यक्रममा भने, ‘सरकारले पहिलेका राजदूतहरुलाई फिर्ता बोलायो त्यसमा म केही भन्दिनँ । तर के नयाँ राजदूत नियुक्ति गर्दा चीन ढिलो–ढिलो राजदूत नियुक्ति गर्ने मुलुक हो र ?’ सरकारले भने चीनसहित अन्य २० मुलुकका राजदूत नियुक्तिका प्रक्रिया अघि बढाइरहेको जनाएको छ । नेपालको विदेशमा ३० वटा राजदूतावास र तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग रहेका छन् ।
प्रतिक्रिया