पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढी

काठमाडौं, ४ मंसिर । नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनसंख्या मन्त्रालयका अनुसार शनिबार २४२ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।४ हजार १४५ जनाको पिसिआर परीक्षण र २९९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ३०३ जना सक्रिय संक्रमित छन्।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ।४४४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।७ प्रतिशत छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति