पशुपतीको वनकाली क्षेत्रमा नवनिर्मित मनोरम सुन्दर बगैंचामा अध्यात्मिक चहलपहल बढ्दो (भिडियोसहित)

काठमाडौं, ४ मंसिर । पशुपतिको वनकाली क्षेत्रमा नवनिर्मित आध्यात्मिक बगैंचामा चहलपहल बढ्दो छ । विगतमा लागु औषध पदार्थ सेवन गर्ने दुव्र्यसनीहरुको अखडाको रुपमा रहेको सो क्षेत्र हाल एक रमणीय, मनोरम एवम् धार्मिक पर्यावरणको स्थलको रुपमा परिणत भएसँगै यस क्षेत्रमा धार्मिक कार्यक्रमहरु हुन थालेका हो । पशुपति क्षेत्र विकास कोषसँग शुभेच्छुक संघ, संस्थाहरुको आर्थिक तथा सामाजिक पहलमा सो बगैंचा निर्माण भएको सरोकारवाला बताउँछन् ।

पशुपतीको वनकाली क्षेत्रमा नवनिर्मित मनोरम सुन्दर बगैंचामा अध्यात्मिक चहलपहल बढ्दो छ । विगतमा लागु पदार्थ सेवन गर्ने दुव्र्यसनीहरुको अखडा बनिसकेको यस धार्मिक स्थलमा आपराधिक गतिविधिका कारण स्थानीय प्रशासनमा उजुरीहरु समेत परिरहन्थे । तर, धार्मिक गुरुहरुको सल्लाह एवम् पशुपति क्षेत्र विकास कोषसँग शुभेच्छुक संस्था र व्यक्तिहरुको सहकार्यमा हाल यो क्षेत्र एक मनोरम पर्यावरणसहितको धार्मिक बगैंचाको रुपमा निर्माण भएको छ ।

विगतमा सरकारका विभिन्न ओहोदामा रहँदै आएका अवकाशप्राप्त विशिष्ट व्यक्तिहरु, शुभेच्छुक संघ, संस्थासँग पशुपति क्षेत्र विकास कोषको सहकार्यमा आध्यात्मिक बगैंचा निर्माणको पहल भएको बताउछन् पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी ।

भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति