राखेपद्धारा सचिव नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं, ४ मंसिर । राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९३० बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो । सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो ।युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह-सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।समितिमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ छन् ।हाल राखेपको निमित्त सदस्य सचिवमा विष्णु ढकाल छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति