एमाले महानगरको ‘तुच्चा’ कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौं, ४ मंसिर । नेपाल संवत् ११४२ नववर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार शुभकामना आदानप्रदान तथा तुच्चा (चियापान) कार्यक्रम गर्दैछ।

एमाले काठमाडौँ महानगरले आयोजना गरेको कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। नेकपा एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार शनिबार दिउँसो वसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम हुनेछ। विविध सांस्कृतिक कार्यक्रमसहित हुने कार्यक्रममा रक्तदान समेत हुनेछ।

नेपाल संवत्को अवसरमा एमालेको काठमाडौं जिल्ला कमिटीको नेतृत्वमा २०३५ सालदेखि कार्यक्रम हुँदै आएको छ। नेपाल संवत् १११९ देखि कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, निर्मल कुइँकेल, कृष्ण राई र विद्यासुन्दर शाक्यले लगातार नेतृत्व गर्दै आएका छन्।कार्यक्रमलाई व्यवस्थित गर्न महानगर कमिटीका अध्यक्ष निर्मल देउलालाई संयोजक तोकिएको छ। प्रचार तथा प्रकाशन उप–समितिमा न्हुछेकाजी महर्जन छन् ।आर्थिक उप–समितिमा गणेश श्रेष्ठ छन्।

व्यवस्थापन तथा सुरक्षा उप–समितिमा देवेन्द्र खड्गी छन्। यस्तै स्वयंसेवक उप–समितिमा सृजना भेटवाल, खाद्य अर्थात् तुच्चा व्यवस्थापन उप–समितिमा जीवन मानन्धर छन्। सांस्कृतिक उप–समिति पूर्णकाजी ज्यापु छन् भने अतिथि सत्कार उप–समितिमा ज्ञानु महर्जन छन्। यस्तै रक्तदान उपसमितिमा नारायण पौडेल संयोजक छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति